Ne:WikiProject Nepal

From OpenStreetMap Wiki
Jump to navigation Jump to search
VTE
नेपाल, एसिया
Wikidata

नेपाल
28.20997 अक्षांश, 83.99162 देशान्तर
नेपालको नक्सा हेर्नुहोस्
नक्सा सम्पादन
Nepal

नेपाल एसियामा अवस्थित देश हो जुन 28.20997 डिग्री उत्तरी अक्षांश र 83.99162 डिग्री पूर्वी देशान्तरमा पर्छ ।


परियोजना क्षेत्र

खुल्ला नक्सा(OpenStreetMap)मा नेपालको क्षेत्र:
relation 184633


नेपालको प्रशासनिक विभाजन

प्रशासनिक तह (admin_level) विभाजनको प्रकार कैफियत
2 नेपालको अन्तर्राष्‍ट्रिय सिमाना हाल प्रयोगमा छ।
3 विकास क्षेत्र हाल प्रयोगमा छैन।
4 प्रादेशिक सिमाना हाल प्रयोगमा छ।
5 अञ्‍चल हाल प्रयोगमा छैन।
6 जिल्ला हाल प्रयोगमा छ।
7 स्थानिय तह (गा.पा./न.पा.) हाल प्रयोगमा छ।
8 गा.वि.स. हाल प्रयोगमा छैन।
9 वडा हाल प्रयोगमा छ।

नेपालको सडक सञ्‍जाल

नेपाल-सडक


नेपालको नक्साङ्कन

सुरुवात

यो संलग्‍न हुनुहोस् पेज ध्यान दिँएर पढिसकेपछी खुल्ला नक्सा(OpenStreetMap)मा योगदान गर्न सक्नुहुनेछ ।
सामान्यरुपमा, यि चरणहरु पालना गर्नुहोस् :

  1. साइन अप गर्नुहोस् अनि लग इन गर्नुहोस्
  2. आफ्नो रुचि भएको क्षेत्रमा जुम(Zoom) गर्नुहोस् ।
  3. त्यसपछि इन्टरफेस(interface)को माथिल्लो भागमा रहेको Edit ट्याबमा दबाउनुहोस् र 'iD' भनिने अनलाईन नक्सा सम्पादक खुल्ने छ ।
  4. स्याटलाईट तस्वीरमा हेरि बिन्दु र रेखाहरुको प्रयोग गरि विभिन्‍न आकृति र वस्तुहरु ट्रेस गर्नुहोस् ।
  5. त्यसपछि ट्रेस गरिएका विभिन्‍न आकृति र वस्तुहरुलाई ट्याग गर्नुपर्छ । यसका लागि इन्टरफेस(interface)को बायाँतिरको खण्डबाट वर्गिकरणमा राखिएका उपयुक्त ट्याग रोज्‍नुहोस् । ट्याग गर्ने बिस्तृत विवरण हेर्न नक्सा विशेषतामा हेर्नुहोस् । गलत रुपमा ट्याग गरिएका बस्तुहरु नक्सामा देखिने छैनन् ।
  6. सहि रुपमा ट्याग गरिसकेपछि अपलोड गर्नुहोस् ।
  7. यति गर्दा तपाईले नक्साङ्कन गरिसक्नुभयो । :D
  • नक्साकारहरु अनुभवि भईसकेपछि JOSM अफलाईन नक्सा सम्पादक प्रयोग गर्न सिफारिस गरिन्छ ।


नेपालमा नक्सा सम्पादन गर्न, स्याटलाईट तस्वीर हेरेर विविध बस्तुहरु पहिचान गर्न नेपाल नक्साङ्कन मार्गनिर्देशन पृष्‍ट पढ्नुहोला

प्रयोग गर्न सकिने स्याटलाईट तस्वीररु

नामाङ्‍करण विधि

  • नेपालले खुल्ला नक्सामा काम गर्ने समुदाय (OSM Community)ले स्थानियकरणमा जोड दिन्छ ।
  • त्यसैले नक्सामा सबै नामहरु नेपालीमै लेख्‍ने गरिन्छ ।
  • यसका लागि हामी देवनागिरि लिपिमा भएको नेपाली यूनिकोड फन्ट (font)को प्रयोग गर्छौ ।
  • नामहरु थप अन्य भाषामा जस्तै अङ्ग्रेजीमा लेख्नुपर्यो भने हामी भाषा कोड (अङ्ग्रेजीका लागि en)को प्रयोग गर्छौ ।

उदाहरण:

Atrribute Value
name नेपाल
name:ne नेपाल
name:en Nepal

अन्य मार्गनिर्देशनहरु