Ne:WikiProject Nepal

From OpenStreetMap Wiki
Jump to navigation Jump to search
VTE
नेपाल, एसिया
Error creating thumbnail:

नेपाल
28.20997 अक्षांश, 83.99162 देशान्तर
नेपालको नक्सा हेर्नुहोस्
नक्सा सम्पादन

नेपाल एसियामा अवस्थित देश हो जुन 28.20997 डिग्री उत्तरी अक्षांश र 83.99162 डिग्री पूर्वी देशान्तरमा पर्छ ।

Map


परियोजना क्षेत्र

खुल्ला नक्सा(OpenStreetMap)मा नेपालको क्षेत्र:
relation 184633


नेपालको प्रशासनिक विभाजन

प्रशासनिक तह (admin_level) विभाजनको प्रकार कैफियत
2 नेपालको अन्तर्राष्‍ट्रिय सिमाना हाल प्रयोगमा छ।
3 विकास क्षेत्र हाल प्रयोगमा छैन।
4 प्रादेशिक सिमाना हाल प्रयोगमा छ।
5 अञ्‍चल हाल प्रयोगमा छैन।
6 जिल्ला हाल प्रयोगमा छ।
7 स्थानिय तह (गा.पा./न.पा.) हाल प्रयोगमा छ।
8 गा.वि.स. हाल प्रयोगमा छैन।
9 वडा हाल प्रयोगमा छ।

नेपालको सडक सञ्‍जाल

नेपाल-सडक


नेपालको नक्साङ्कन

सुरुवात

यो संलग्‍न हुनुहोस् पेज ध्यान दिँएर पढिसकेपछी खुल्ला नक्सा(OpenStreetMap)मा योगदान गर्न सक्नुहुनेछ ।
सामान्यरुपमा, यि चरणहरु पालना गर्नुहोस् :

  1. साइन अप गर्नुहोस् अनि लग इन गर्नुहोस्
  2. आफ्नो रुचि भएको क्षेत्रमा जुम(Zoom) गर्नुहोस् ।
  3. त्यसपछि इन्टरफेस(interface)को माथिल्लो भागमा रहेको Edit ट्याबमा दबाउनुहोस् र 'iD' भनिने अनलाईन नक्सा सम्पादक खुल्ने छ ।
  4. स्याटलाईट तस्वीरमा हेरि बिन्दु र रेखाहरुको प्रयोग गरि विभिन्‍न आकृति र वस्तुहरु ट्रेस गर्नुहोस् ।
  5. त्यसपछि ट्रेस गरिएका विभिन्‍न आकृति र वस्तुहरुलाई ट्याग गर्नुपर्छ । यसका लागि इन्टरफेस(interface)को बायाँतिरको खण्डबाट वर्गिकरणमा राखिएका उपयुक्त ट्याग रोज्‍नुहोस् । ट्याग गर्ने बिस्तृत विवरण हेर्न नक्सा विशेषतामा हेर्नुहोस् । गलत रुपमा ट्याग गरिएका बस्तुहरु नक्सामा देखिने छैनन् ।
  6. सहि रुपमा ट्याग गरिसकेपछि अपलोड गर्नुहोस् ।
  7. यति गर्दा तपाईले नक्साङ्कन गरिसक्नुभयो । :D
  • नक्साकारहरु अनुभवि भईसकेपछि JOSM अफलाईन नक्सा सम्पादक प्रयोग गर्न सिफारिस गरिन्छ ।


नेपालमा नक्सा सम्पादन गर्न, स्याटलाईट तस्वीर हेरेर विविध बस्तुहरु पहिचान गर्न नेपाल नक्साङ्कन मार्गनिर्देशन पृष्‍ट पढ्नुहोला

प्रयोग गर्न सकिने स्याटलाईट तस्वीररु

नामाङ्‍करण विधि

  • नेपालले खुल्ला नक्सामा काम गर्ने समुदाय (OSM Community)ले स्थानियकरणमा जोड दिन्छ ।
  • त्यसैले नक्सामा सबै नामहरु नेपालीमै लेख्‍ने गरिन्छ ।
  • यसका लागि हामी देवनागिरि लिपिमा भएको नेपाली यूनिकोड फन्ट (font)को प्रयोग गर्छौ ।
  • नामहरु थप अन्य भाषामा जस्तै अङ्ग्रेजीमा लेख्नुपर्यो भने हामी भाषा कोड (अङ्ग्रेजीका लागि en)को प्रयोग गर्छौ ।

उदाहरण:

Atrribute Value
name नेपाल
name:ne नेपाल
name:en Nepal

अन्य मार्गनिर्देशनहरु